दाङ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर नेपाली काँग्रेसका नेतासमेत रहेका गृहमन्त्री लेखकले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए ।
जेनजीले सोमबार सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध काठमाडौं लगाएत देशभरका ठूला सहरहरुमा प्रदर्शन गरेका थिए।
पर्दशन उग्र भए पछि प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा १८ जना र इटहरीमा १ जना गरि १९ जनाले ज्यान गुमाएका थिए ।
नेपाली काँग्रेसको सोमबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।
त्यसपछि गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिन आँफु तयार रहेको बताएका थिए ।
त्यसपछि उनी बालुवाटरमा बसेको मन्त्री परिषदका बैठकमा पुगेर प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका हुन । मुलुकका दुई ठूला दल काँग्रेस– एमालेको मिलेर सरकार बनाउँदा लेखक गृहमन्त्री भएका थिए ।