२०८३ असार ३ गते बुधवार

खतिवडालाई काँग्रेसले संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी

दाङ, भदौ १९ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिका रुपमा रामहरि खतिवडालाई अगाडि सार्ने तयारी गरेको छ ।

बिहीबार नै संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ ।


यसअघि काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने समिति सभापति थिइन । न्यौपानेले भदौ १० गते पदबाट राजीनामा दिएकी थिइन ।

उनी सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा चयन भएकी थिइन ।
त्यसैले भदौ १० गते यता संसदीय सुनुवाइ समिति सभापति पद रिक्त छ।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए।

निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको पाइएपछि संसदीय छानबिन समितिले सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको थियो । त्यही भएर खतिवडाले साउन २७ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *