दंगीशरण,भदौ १७ । नेपाली काङ्ग्रेस बिचार र सिद्धान्तको स्रोत रहेको नेपाली काङ्ग्रेस दाङका नेता केशव आचार्यले बताएका छन ।
काङ्ग्रेस जस्तो विशाल र बैचारिक पार्टीमा केही ब्यक्ती र पार्टीलाई प्रयोग गर्न पल्केकाहरुको हालिमुहालीले सिङ्गो पार्टीलाई बद्नामित गर्न खोज्न दुखद रहेको बताए ।
नेपाली काङ्ग्रेस दंगीशरणले दंगीशरण ५ को सलौरामा रहेको योगहलमा आयोजना गरेको आफ्नो ३९ औं नियमित बैठकका अवसरमा कार्यक्रमका प्रमुख अथिती नेता अचार्यले यस्तो बताएका हुन ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिती आचार्यले पार्टीमा रहि पार्टीलाइ असहयोग गर्नेहरु पार्टीबाट बाहिरिन आग्रह गरेका छ्न ।
पछिल्लो समय पार्टीमा अनुसासनको कमि रहेको आफुले महसुस गरेको र पार्टी सुदृढीकरण आजको प्रमुख आवस्यकता रहेको उनको भनाइ थियो ।
त्यस्तै नेपालि काङ्ग्रेस दंगीशरणका सभापति एबम गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले गरेका थुप्रै कामहरू भजाउन पार्टी भित्रै कन्जुस्याइँ हुनु दुखद रहेको बताए ।
आफू निर्वाचित भइ आएपस्चात दंगीशरण गाउँपालिकालाइ सुसासनयुक्त र भ्रस्टाचारमुक्त बनाउने अभियानमा लागि परेको बताउदै गिरीले खान पल्केकाहरुबाटै आफु माथी असहयोग र गलत प्रचारको दुस्प्रयास भइरहेको बताए ।
बैठकले पार्टी सदस्यता नविकरण,आगामी घुम्ती बैठकको मिती र ठाउँ बारे निर्णय र नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सोमराज सुनारको अस्वस्थता प्रती स्वास्थ्यलाभको कामना गरेको छ ।
यस्तै बैठकले आगामी असोज १७ गते ४० औं नियमित घुम्ती बैठक वडा न ४ मा गर्ने निर्णय समेत गरेको छ ।
नेपाल ट्रेड युनियन दाङका अध्यक्ष तिर्थ न्यौपाने,नेपाली काङ्ग्रेस दाङका पुर्व जिल्ला कोषाध्यक्ष डिल्लीराज आचार्य,नेपाली काङ्ग्रेस दंगीशरणका प्रबक्ता गोबिन्द प्रसाद आचार्य ७ वटै वडाका वडा सभापतिहरु,क्रियासिल सदस्य, लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
बैठकमा नेपाली काङ्ग्रेस दंगीशरणका उपसभापति दुर्गा बोहराले सहभागीलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाली काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको अध्यक्षता,नेपाली काङ्ग्रेस दाङका नेता महाधिवेशन प्रतिनिधि केशव आचार्यको प्रमुख आथित्यता तथा नेपाली काङ्ग्रेस दाङका सदस्य सोभाकार न्यौपानेको बिशिस्ट आथित्यतामा ३९ औं नियमित बैठक सम्पन्न भएकोहो ।
नेपाली काङ्ग्रेस दंगीशरणका उपसभापति गिरिराज न्यौपानेको स्वागत मन्तब्यबाट शुरुभएको ३९ औ नियमित घुम्ती बैठकको सहजीकरण पार्टी सचीव ओपेन्द्र राज शर्माले गरेका थिए ।