२०८३ असार १४ गते आइतवार

जंगली च्याउ खाँदा दुई महिला विरामी


दाङ,असार २६ । जंगली च्याउ खाँदा दुई व्यक्ति विरामी भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ निवासी २१ बर्षीया स्वदेशी घर्ती र ३४ बर्षीया दमय रोकाया विरामी भएका छन् । उनीहरुले बुधवार बुलेका नजिकेको जंगलवाट च्याउ टिपेर ल्याएपछि पकाएर खाएका थिए ।

उनीहरु एकाएक विरामी परेपछि विहीवार विहान १ बजे उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना भएका छन् । दुबै जनाको स्वास्थ्य सुधारउन्मुख रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *