देउखुरी, साउन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा सोमवार उद्यमी बाबु रोका संग भएको छलफलको क्रममा मुख्यमन्त्री आचार्यले नवप्रवर्तनयुक्त योजनासहित स्थानीय स्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको बताएका हुन ।
लमही नगरपालिका–४, अर्नहवा निवासी उद्यमी रोकासँगको छलफलमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन र उद्यमशिलता मार्फत समृद्धि हासिल गर्ने संकल्प लिएको बताएका हुन ।
स्थानीय स्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सीपमा आधारित रोजगार सृजना गर्न सरकार प्रतिबद्ध रहेको उनले दाबी गरेका थिए ।
मुख्यमन्त्री आचार्यले बाँसजन्य उत्पादनजस्ता स्थानीय स्रोतमा आधारित उद्योगहरूमार्फत आम्दानी र रोजगारको सम्भावना धेरै रहेको भन्दै यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियतमार्फत सहयोग गर्ने बताएका थिए ।
उद्यमी रोकाले बाँसजन्य सामग्री उत्पादनमार्फत स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको बताएका थिए ।
रोकाले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यकता रहेको भन्दै प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरेका थिए ।
