दाङ, साउन ४ । बाँकेमा बाबुको हत्या आरोपी फरार छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले असार २१ गते बुलुकी ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको हत्या गरेको प्रहरीले बताएका थिए ।
सामान्ने बिबादका क्रममा भूपेन्द्रले खेत जोत्ने हलोको मुङ्गोले बाबुको टाउकोमा पटक पटक प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले बताएकी थिइन । बुवाको हत्या पछि उनी फरार भएका थिए ।
उनलाई खोजी गर्ने क्रममा आइतबार दिउँसो बैजनाथ गाउँपालिका – २ पहाडीपुरको खैरेनी सामुदायिक वनको भवनमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
