२०८३ असार ५ गते शुक्रवार

काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी क्याम्पसको सल्लाहकारमा चयन

तुलसीपुर, साउन, २ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी तुलसीपुरस्थित सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पस सञ्चालक समितिको सल्लाहकारमा चयन गरिएका छन् ।

क्याम्पस सञ्चालक समितिको दुई दिन पहिले बसेको बैठकले केन्द्रीय सदस्य गिरीलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।


क्याम्पस सञ्चालक समितिको अध्यक्ष काँग्रेस नेता श्यामकुमार रेग्मी छन् । क्याम्पसमा नेतृत्व चुन्न निर्वाचन भएको थियो ।

श्यामकुमार रेग्मीले निर्मल आचार्यलाई पराजित गरि अध्यक्षमा निर्वाचित भएका थिए । यी दुबै काँग्रेस निकट उम्मेदवार थिए । रेग्मी पार्टी भित्र संस्थापन पक्षधर र आचार्य संस्थापन इतर समुहबाट मैदानमा उत्रिएका थिए ।

अध्यक्ष रेग्मी नेता गिरीका विश्वास पात्र मध्यका एक हुन ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *