दाङ, असार २९ । जाजरकोटका एक जना युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
जाजरकोट जुनिचादे गाउँपालिका – २ मा घर भइ हाल सुर्खेत वीरेन्द्रनगर ननगरपालिका – १२ चनौटे बस्दै आएका २४ बर्षीय युबराज शाहीलाई प्रहरीले ९ ग्राम ३५० मिलीग्राम ब्राउन सुगरसहित शनिार राति साढे ९ बजेतिर पक्राउ परेका हुन ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार बाँकेको नेपालगंजदेखि सुर्खेत तर्फ जाँदै गरेको क.प्र.०२००१ ज ०६४३ को यात्रुबहाक इभी गाडी चेकजाँच गर्ने क्रममा शाही पक्राउ परेका थिए ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ शुब्वाकुनामा लागुऔषधको अबैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति साढे ९ बजेतिर शाहीलाई पक्राउ गरेको थियो ।
शाहीलाई लागु औषध सम्बन्धि चलाउन जिल्ला अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइ रहेको डिएसपी बुढथापाले बताए । शाही माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
