
दाङ, असार २२ । दाङको देउखुरीमै ध्याब्लिमा आगलागी हुँदा अर्का एक व्यक्ति घाइते भएका छन् । बाँके जिल्लाको नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी २३ बर्षीय सोनु कुलेसी घाइते भएका छन् । कुलेसीको दाहिने हात र खुट्टामा पोलेर गहिरो घाउ लागेको छ ।
कुलेसीले हाल दाङको राप्ती गाउँपालिका वडा नं. १ पुलचोकमा ब्रोईरल कुखुराको मासु काट्ने तथा बेच्ने काम गर्दैै आएका थिए । आइतवार विहान ११ बजेको समयमा अचनक आगलागी हुँदा १ थान ग्याँस सिलिन्डर, दश वटा कुखुरा, मोवाईल १ थान र नगद ११ हजार बढी जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार