तुलसीपुर , जेठ १९ । तुलसीपुरको जेसिज चोकमा गएराति एक जना ब्यक्तिमाथि रड प्रहार भएको छ ।
तुलसीपुर उपमहनगरपालिका – ५ (ग) लाइनका ५३ बर्षीय अजुृन गौतम जेसिज चोकमा उभिरहेको समयमा गएराति सवा ११ बजेतिर अपरिचिति ब्यक्तिले रड प्रहार गरि भागेका थिए । रड प्रहार बाट गौतमको अनुहार र नाँकमा गहिरो चोट लागेको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि गएराति नै घाइते गौतमलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता सुर्य राना मगरले बताए ।
नगरपालिकाको कार्यालय तर्फबाट नम्बर खुलिनसकेको बुलेट बाइकमा चढेर आएका ब्यक्तिले गौतममाथि एकाएक रड प्रहार गरेको भन्ने खुलेको प्रहरी निरीक्षक रानाले बताए ।
गौतममाथि रड प्रहार गर्ने ब्यक्तिको पहिचान गर्न प्रहरीले प्राबिधिक रुपमा अध्यन र विश्लेशन सुरु गरेको छ ।
प्रहरीले आसपासका सिसी टिभी फूटेजहरु अध्यन सुरु गरेको छ।
