
राजेश खत्री,
दाङ, असार १९ । तुलसीपुरमा विभिन्न जातका फलफूलको जुस पाइने जुस वारे खुलेको छ । जहाँ आलु,लौका, करेला,जमरा, किवीदेखि ड्रागन फ्रुट सम्मको जुसहरु विक्रि वितरण हुँदै आएको छ ।
तुलसी चोकमा ३० बर्षीय नन्दप्रशाद र २६ बर्षीय भूपेन्द्र डाँगीका दाजु भाईले यहाँ जुस वार एण्ड रेष्टुरेन्ट खोलका हुन । जिल्लामा यस्तो जुस बार एण्ड रेष्टु रेन्ट हालसम्म कतै खुलेको थिएन ।

त्यसैले ‘सहुलियत जुस बार एण्ड रेष्टुरेन्ट’ दाङकै पहिलो हो । भारतका होटेर तथा रेष्टुरेन्टहरुमा सेफको रुपमा काम गर्ने डाँगीका दाजु भाईले त्यहाँको राम्रो जागिर त्यागेर आफ्नै ठाउँमा केही गरौं भन्ने उदेश्यले नयाँ तरिकाले पसल संचालन गरेको बताए ।
उनीहरुले यसरी जुसबार संचालन गरेको असार ११ गते ठिक एक महिना पुगेको छ । मासिक ६० हजार घर भाडा आउने सटरहरु भत्काएर उनीहरुले यो जुसवार सुरु गरेका थिए । दैनिक २२देखि ३० हजार सम्म कारोवार भइरहेको बताएका भूपेन्द्रले पहिलो महिनामा साढे २ लाख आम्दानी भएको बताए ।

नेपालमा विरलै पाइने खाना र जुसका परिकार डाँगी दाजु भाईको रेष्टुरेन्टमा पाइन्छ । सुपथ मुल्लेको जुस बार एण्ड रेष्टुरेन्टले ग्राहकलाई आकर्षित गरिरहेको छ । विहान जुस खान, मध्यान्हतिर ब्रेक फाष्ट खान र बेलुकीमा मःम लगाएतका परिकार खान ग्राहकहरु बढी आउने गरेको भूपेन्द्रले बताए ।
डाँगी दाजु भाईका अनुसार त्यहाँ पाइने सबै खाना अग्र्यानिक हुन्छ भन्ने नै छ । कोदोको मःम,कोदोको चाउमिन र कोदोको डोसा,प्राँठा, टुसा उम्रेको मुमको दाल र चनाको दाल,आलुको सेकुवा,स्टिम कर्ण, कर्ण साल्ट एण्ड पेपर, सिस्नोका परिकार, मकैंको आटो,उखु डन्डा चिकेन (ग्रिल मेथोडवाट निर्माण गरिएको) जस्ता कुराहरु ब्रेक फाष्टको रुपमा खान पाइन्छ । ग्राहकालाई आफुले घरमा खाने खाना नै दिने गरिन्छ । ‘हामी अजिनो मोटो प्रयोग गर्दैनौं,मसलापनि प्रयोग गर्दैनौं,’ भूपेन्द्रले भने । कसैले अडर गरेपछि मात्रै (चटपटा) बढी अमिलो, चुकिलो पिरो भएको बनाइदिए पनि अन्यथा साधारण तरिकाले खानाको परिकार बनाउने गरिएको उनले बताए ।
विहानमा ग्राहकहरुका लागि जमरा,एलोभेरा, ड्रागन फू्रट, किबी,एभोगाडो,स्टाबेरिज, स्याउ,अंगुर, अमलादेखि करेला, लौकासम्मको जुस खान पाइन्छ । आवश्यक फलफूल उनीहरुले भारत बाटपनि खरिद गरेर ल्याउने गरेका छन् । काठमान्डौं, दिल्ली र चण्डीगढमा महिनावारी तलवमा तीन जना मानिसहरु राखिएको छ ।

उनीहरुको सुपथ जुसबारमा ३० एमएल जमरा, अमलाको जुसलाई गिलासको ३० रुपैंयामा खान पाइन्छ । ६० एमएल करेलाको जुसलाई ४० रुपैंया, ७० एमएल लौकाको जुसलाई पनि ४० रुपैंया, २५० एमएल गाँजरको जुसलाई १०० रुपैंया, २५० एमएलकै चुकन्दरको जुसलाई पनि १०० रुपैंया, आलुको ३० एमएलको जुसलाई ४० रुपैंया,आलु सेक जुस २५० एमएलको ५० रुपैंया पर्ने गर्छ । त्यस्तै यहाँ भुई कटहर, तर्भुजा, केरा,सुन्तला, अंगुर लगाएत उपब्ध भएजति सबैजसो फलफूलको जुस तयार गरेर विक्रि वितरण गर्दै आइएको भूपेन्द्रले बताए । त्यस्तै कोदोको मःम भेज प्रति प्लेट १ सय ४० रुपैंया, नन भेज १ सय ८० रुपैंया, कोदोको भेज चाउमिन १०० रुपैंया र नन भेजको १ सय ५० रुपैंया पर्छ । त्यस्तै कोदोको प्राँठा लेमन पिकल,टमाटरको चट्नी, दही, एउटा बटरसहित प्रतिपिस ६० रुपैंया पर्छ । भूपेन्द्रले नेपालमा कोदोको मोःमो र चाउन मिन बन्छ भन्ने कुरा आँफुले हालसम्म थाहाँ नपाएको बताए ।
आलुको सेकुवापनि खान पाइन्छ । उखु डण्डा चिकेन भने उनीहरुले दिएको नयाँ नाम हो । यसमा उखुको डण्डा राखेर चिकेनको परिकार तयार पारिएको हुन्छ ।

त्यहाँ पाइने मध्य सबै भन्दा महंगो ड्रागन फू्रट र किबीको जुसलाई पर्छ । ड्रागनको फू्रटको जुसलाई प्रति गिलास दुई सय रुपैंयामा बेच्ने गरेको भूपेन्द्रले बताए । इन्डियावाट ल्याउँदा एक महंगो पर्न गएको उनले बताए ।
झन्डै २० लाख खर्चेर निर्माण गरेको सुपथ जुसबार एण्ड रेष्टुरेन्ट दाङको पहिलो जुस बार हो । सिजनमा उखुको जुस र जमराको जुस आदी विक्रि गर्ने पसलहरु भएपनि यस्तो जुसवार हालसम्म दाङमा कतै छैन ।
डाँगी दाजुभाईको जुसबार एण्ड रेष्टु रेन्टमा हाल उनीहरु बाहेक अरु १० जनालाई काम दिएका छन् । सबै गरेर १२ जनाको टिमले काम गरिरहेको छ । लगानी भने डाँगी दाजुभाईको मात्रै हो । अरु सबै मासिक तलवमा काम गरिरहेका छन् ।

२६ बर्षीय भूपेन्द्र र उनका ३० बर्षीय दाजु नन्दप्रशाद दुबैजना पेशाले सेफ हुन । उनीहरुसंग भारतको चन्डीगढमा ७÷८ बर्ष होटेलमा सेफको रुपमा काम गरेर विताएको अनुभव पनि छ । यअसघ सम्म दाजुले जुस बारमा र भाइले रेष्टुरेन्टमा सेफको काम गर्थे ।
पुर्खेउली घर रोल्पाको पछावाङ भएपनि भूपेन्द्र भारतमै जन्मिएका थिए । तर उनी आमासंग दुई अढाई बर्षको उमेरमा दाङमा आएर पढे । एसएलसी र बाँकी पढाई उनले उतै गरे । उनको दाजुले नेपालबाट एसएलसी गरेको भएपनि उच्च शिक्षा भने भारतमै हासिल गरे । भूपेन्द्रका दाजुभाईले काम गर्दै पढ्दै गरे । उनीहरु दुबै दाजुभाई सेफपनि हुन र होटेल म्यानेजमेन्टमा व्याचरल गरेका छन् ।

कसरी दाङमा जुसबार एण्ड रेष्टुरेन्ट खोल्ने योजना बन्यो ? भन्ने प्रश्न सोध्दा भूपेन्द्रले विदामा घर आएको समयमा बजारमा खानलाई जुसवार खोजेपनि कतै फेला नपरेपछि संभावना देखेर सोच पलाएको बताए ।
Always great ? the sahuleyaat jus bar
And best jus bar