२०८३ असार ६ गते शनिवार

दाङमा जुवाको खालबाट नगद सहित ८ जना जुवाडे पक्राउ

दाङ,जेठ १ । दाङमा जुवाको खालबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुधबार (हिजो साँझ) तुलसीपुर–६ स्थित गुम्राहचोक नजिकै रहेको शिव हितानको घरमा नरेन्द्र केसीले भाडामा लिएको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–१० का २४ वर्षीय खुम बहादुर वली, तुलसीपुर–१२ का ३० वर्षीय प्रमोद गिरी, २१ वर्षीय ओम प्रकाश चौधरी, तुलसीपुर–११ का २७ वर्षीय हिमराज शाही, तुलसीपुर–१० का २२ वर्षीय निराजन खड्का, तुलसीपुर–११ कै २९ वर्षीय नरेन्द्र केसी, तुलसीपुर–१३ का २३ वर्षीय अर्जुन विक र तुलसीपुर–१६ का ३२ वर्षीय तिलकराम केसी रहेका छन् ।

घटनास्थलबाट एक गड्डी तास र नगद २६ हजार ८ सय ६५ रुपैयाँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *