असार १८। माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।
परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ।

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार