
असार १७ । नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको एउटा ट्यांकर पड्किँएर दुर्घटना भएको छ।
उक्त दुर्घटनामा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर तिब्र गतिमा रहेको र ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र लगतै पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पल्टिएर आगो लागेको ट्यांकरसँग १८ सीटे एउटा बस ठोकिँदा त्यसमा पनि आगो लागेको छ । कम्तीमा १० वटा लाश बरामद गरिएको छ भने ५० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । (बीबीसी)
प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
