२०८३ कार्तिक २० गते बिहिवार

चारसय चोरीको आरोपमा युवकको हत्या

दाङ, बैशाख ४ । कैलालीमा चार सय चोरीको आरोपमा एक युवकको हत्या भएको खुलेको छ ।

चैत २७ गते बिहान ७ बजेतिर अत्तरियास्थित दुर्गा मन्दिरको परिसरमा डडे्धुराको अमरगढी नगरपालिका – ७ पोखराका –३५ वर्षीय जगदीश कैनीको हत्या गरेको अवस्थामा शब फेला परेको थियो । उनी सडक पेटीमा सुत्ने ब्यक्ति थिए ।

उनको हत्या आरोपमा बैतडीको डिलासैनी गाउँपालिकाका – ३ सिमारका ३४ बर्षीय हेमन्त बोहरा पक्राउ परेका छन् । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरि बोहरालाई सार्वजनिक गरेको हो ।


इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख डिएसपी गंगा थापाका अनुसार मदिरा सेवन पछि मन्दिर परिशरमा सुत्न गएका बोहराले आफ्नो चार सय रुपैंया चोरी गरेको आरोपमा कैनीको हत्या गरेको थिए ।

‘ बोहरोले मदिरा सेवन पछि सुतेको र राति उठेर पटक छाम्दा चार सय रुपैंयाँ फेला नपरेपछि कैनीले नै चोरी गरेको आशंमा नजिकैको ढुँगाले टाउको र अनुहारमा प्रहार गरि हत्या गरेको खुल्छ,’ डिएसपी थापाले भने ‘ आरोपितले घटना स्वीकार गरि सकेका छन् ।’


बोहोरा पूर्व सशस्त्र प्रहरी हुन । जागिर बीचमै छोडेर बिदेश गएका उनी फर्केपछि धनगडीमै होटलहरुमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार हत्या गरिएका कैनीपनि बसपार्क क्षेत्रमा डुल्दै हिड्ने ब्यक्ति हुन ।

उनीहरुका बीचमा आपसी चिनजान सम्म थिएन । प्रहरीले सिसीटिभी फूटेजको अध्यनका आधारमा बोहराको पहिचान गरि पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *