२०८३ असार ६ गते शनिवार

स्कुटर नालीमा खस्दा घोराहीमा एक युवकको मृत्यु

तुलसीपुर, वैशाख २ । घोराहीमा गएराति भएको स्कुटर दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका – १६ का ३७ बर्षीय सञ्जिब चौधरीको स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार सोमबार राति पौने ११ बजेतिर चौधरी सवार लु.प्र.०२–००१ प ०६९३ नम्बरको स्कुटर अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।

स्थानीय मदन भण्डारी स्कुल नजिकको नालीमा पल्टिएर गम्भीर घाइते भएका चौधरीलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

चौधरीको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *