दंगीशरण,बैशाख १ । दंगीशरण गाउँपालिका महिला बालबालिका साखाको आयोजनामा भएको ३ दिने दलित सशसक्तीकरण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा दंगीशरण गाउँपालिक अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३ दिने सशक्तीकरण तालिमको समापन गरिएको हो ।
त्यस अबसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले समुन्नत दंगीशरण निर्माणका लागि सामाजिक तथा मानवीय विकासलाइ महत्त्व दिदै अगाडि बढेको बताए ।
पछाडि परेको बर्गको उत्थान तथा शसक्तीकरण गराउनका लागि तालिमको आयोजना गरीएको उनको भनाइ थियो ।
तालिममा सिकेको कुरालाइ ब्यबहारमा लागु गरी तालिमको औचित्य पुस्टी गरीदिन तालिमका सहभागीहरुलाइ अध्यक्ष गिरीको आग्रह गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले दलित शसक्तीकरण तथा क्षमता विकासका लागि पालिका महत्त्वका साथ बजेट विनियोजन गरीदै आएको जानकारी दिइन
उनले महिला शसक्तीकरण र दलित शसक्तीकरणको क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएको बताइन ।
यस्तै फेडो दाङकी अध्यक्ष युवा कराराले दलित शसक्तीकरण र समाज रुपान्तरणका लागि अहिलेको स्थानीय सरकारले महत्त्वपूर्ण भुमिकामा रहेको प्रती खुसि ब्यक्त गरिन ।
कार्यक्रममा सहभागी क्रान्ति परियारले दलित सशक्तीकरणको क्षेत्रमा अझै बढि बजेट बिनियोजन गरी दलितहरुको उत्थान र शसक्तीकरणमा जोड दिन आग्रह गरिन ।
३ दिनसम्म चलेको तालिमको सहजीकरण महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले गरेकी थिइन ।
