२०८३ असार १३ गते शनिवार

ढुङ्गा तस्करीमा गएको ट्याक्टर दुर्घटना


दाङ,असार १७ । एकाविहानै खोलामा ढुङ्गा तस्करिका लागि गएको ट्याक्टर दुर्घटना हुँदा तुलसीपुरमा एक चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बगरपुर निवासी २० वर्षीय दिपक नेपाली मंगलवार विहान १ बजे तुलसीपुर ८ को टिकरी खोलामा अवैद्य रुपमा ढुङ्गा ल्याउन गएको समयमा दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलवार विहान सवा २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि सहचालक तुलसीपुर ५ कै १६ वर्षीय अनिल नेपाली घाईते भएका छन् । घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर ढुङ्गा लोड गरेको अवस्थामा फेला परेको छ ।

जिल्लामा असार १ गतदेखि खोलाहरुको ठेक्का सम्झौंता सकिएको छ । त्यसैले उक्त ट्याक्टर खोला जन्य बस्तुको अवैद्य तस्करीमा गएको समयमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर ८ टिकरी खोलामा ना ५ त ९०७९ नम्वरको ट्याक्टर मंगलवार विहान १ वजेतिर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *