२०८३ मङ्सिर ९ गते मङ्गलवार

चैते दसैंको दिन मासु खाने क्रममा घाँटीमा अड्किएर मृत्यु

दाङ, चैत २४ । अछाममा चैते दसैंका दिन मासु खाने क्रममा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे १० बजेतिर घरमै पकाएको मासु खाने क्रममा घाँटीमा अड्किएपछि जिल्लाको साँफेबगर नगरपालिका –५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको मृत्यु भएको हो ।

अछामका प्रहरी प्रमुख डिएसपी इश्वरी भण्डारीका अनुसार घाँटीमा मासु अड्किएपछि कँवुर बेहोस भएका थिए ।
अचेत अवस्थामा उनलाई तत्कालै गाउँ घरका मानिसले मिलेर उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याएका थिए ।


चेकजाँचका क्रममा चिकित्सकले कुँवरलाई साढे १२ बजेतिर मृत घोणा गरेको डिएसपी भण्डारीले बताए । चैते दसैँको दिन बिहान गाँउमै काटेको खसीको मासु किनेर घरमा लगेका थिए ।

पकाएको मासु खाने क्रममा घाँटीमा अड्किदा उनको मृत्यु हुन पुगेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *