२०८३ बैशाख ११ गते शुक्रवार

ट्याकंर व्यवसायीको आन्दोलका कारण दाङमा तेलको हाहाकार


यमकला भुसाल,
तुलसीपुर, असार १२। ट्याङकर व्यवसायीको आन्दोलका कारण दाङमा तेलको अभाव भएको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख सुजित पोख्रेलका अनुसार गत मगंलवार देखि जिल्लामा तेलको अभाव भएको हो । पानी पर्दा टेम्पेचर अत्याधिक लस भयो,निगमको विनियामवली अनुसार ५० लिटर भन्दा बढी काटेपनि डबल शुल्क तिर्न बाध्य भएको भन्दै ट्याकंर व्यवसायीहरुले आन्दोलन गरिरहेको प्रमुख पोख्रेलले जानकारी दिए । उनले राष्ट्रिय स्तरको आन्दोलन फिर्ता भएपछि यहाँको आन्दोलन अझै बार्तामा आउन नसकेको बताए ।

कार्यालय प्रमुख पोख्रेलका अनुसार दाङमा गत सोमवार ४० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेल आएको थियो । र उक्त तेल जिल्लाका सबै पेट्रोल पम्पहरुमा बितरण गरिएको थियो ।

उनले भने–केही दिन पहिले देखि ट्याङकर व्यवसायीहरुको आन्दोलन चलिरहेको छ,यहाँ कार्यालयमा स्टक समेत छैन । नेपालगञ्ज देखि तेल ल्याउन रोकेको छ । अहिले जिल्लाका सबै पेट्रोल पम्पहरुमा तेलको हाहाकार भएको उनको भनाई छ । हामीले तेल ल्याउन धेरै प्रयास गरिरहेका छौ तर सकिरहेका छैनौ उनले भने । साथै उनले ट्याकंर व्यवसायीहरु बार्तामा नआउदाँ सम्म दाङमा तेलको हाहाकार भइरहने समेत बताए ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *