२०८३ असार ७ गते आइतवार

एउटै महिलाका चार वर्षमा चार बलात्कार मुद्दा


दाङ, असार ५ । एक महिलाले चार वर्षको अन्तरालमा चार जनाविरुद्ध आफूलाई जवरजस्ती करणी गरेको मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले फरक÷फरक मितिमा चार जना विरुद्ध मुद्दा दायर गरेको पाइएको छ।

ती महिलाले २०७२ कात्तिक १५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विष्णु आचार्यविरुद्ध मुद्दा हालेकी थिइन्। जिल्ला अदातलले आचार्यलाई उक्त अभियोगमा दोषी ठहर गर्दै ७ वर्ष कैदको फैसला सुनायो। उनी हालै ४ वर्षे जेल सजाय भुक्तान गरी रिहा भएका छन्।

तिनै महिलाले २०७५ साल पुस २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा लक्षमण गैरेलाई आफूलाई जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालिन। हाल गैरे पूर्पक्षका लागि थुनामा छन्। गत जेठ २७ गते उनै महिलाले ईप्रका तुलसीपुरमा दुईजना विरुद्ध जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालेकी छन्।

ती महिलोको जाहेरी परे लगत्तै प्रहरीले तुलसीपुरको बसपार्क प्रहरी चौंकीमा कार्यरत ३६ वर्षीय हवलदार मानबहादुर गुरुङ र बबई गाउँपालिका निवासी २७ वर्षीय किशोर खड्कालाई पक्राउ गरी थुनामा राखेको छ।

ती महिलाले मुद्दा हालेकै दिन ईप्रका तुलसीपुरले उनीहरुलाई पक्राउ गरी थुनामा राख्दै आएको छ। पीडित भनिएकी ती महिलाले आफुलाई प्रहरी हवल्दार गुरुङ र खड्काले मिलेर जेठ २१ राति जवरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएकी छन्।

प्रहरी स्रोतका अनुसार पीडितको जाहेरीमा प्रहरी हवल्दार र सर्वसाधारण खड्काले ती महिलालाई उनकै कोठामा गएर जवरजस्ती करणी गरेको उल्लेख छ। पक्राउ परेका दुबैजना विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *