२०८३ मङ्सिर १० गते बुधवार

अमेरिकामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु

रुकुम पश्चिम ,मंसिर ८ । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना रुकुमेलीको मृत्यु भएको छ ।

आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए ।

गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे
।

‘कामबाट फर्किने बेलामा उनी चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएछ,’ उनले भने, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एकजनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ खुलेको छैन ।’

चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

मृतक केसीको शव अस्पतालमा रहेको र आवश्यक प्रक्रिया पुर्‍याएर निकाल्ने तयारी भइरहेको पनि गौतमले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *