२०८३ बैशाख ११ गते शुक्रवार

महिला साफ फूटवल च्याम्पियनसिपमा नेपाल उपबिजेता

दाङ, कात्तिक १५। साफ महिला च्याम्पियनसिप अन्तरगत बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा बंगलादेश १ गोल अन्तरले बिजय भएको हो ।
बंगलादेशले साफ महिला च्याम्पियनसिप सन २०२४को उपाधि भिडन्तमा नेपाललाई २–१ गोल अन्तरले पराजित भएको हो ।


पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका लागि मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेकी थिइन । त्यसको पाँच मेनेटमै नेपालका लागि अमिषा कार्कीले ५६ मिनेट भित्रै सुन्दर गोल गरेकी थिइन । प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट ड्रिबिलिङ गर्दै कार्कीले सुन्दर गोल गरेकी थिइन ।


बराबरी अवस्थामा पुगेको खेललाई बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले हातले रोक्ने प्रयास गरेपनि पश्चिम तर्फको पोलमा लागेर गोल भएको थियो । त्यही गोल नै नेपालका लागि दुभाग्र्य साबित भयो ।

यसअघि सन २०२२ को संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई ३ – १ गोल अन्तरले जितेको थियो । नेपाली महिला खेलाडी साफको फाइनलमा छैटौं पुगेपनि उपाधि भिडन्तमा पराजित हुँदै आएका छन् ।

यो पटकपनि नेपाली महिला टिम इतिहास रच्ने अवसरवाट चुकेको छ । बंगलादेशसँग नेपाल साफको उपाधि भिडन्तमा योसहित दुई पटक र भारतसँग चार पटक पराजित भएको छ ।
नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा योसहित पराजित भएको १२औं पटक पुगेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *