
तस्विर – संगीत वस्यालको फेसबुकवाट
तुलसीपुर, असार १ । अश्वारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा शिबहरी भण्डारी निर्वाचित भएका छन् । समितिको शनिबार भएको निर्वाचनामा प्रगतिशिल प्यानलको तर्फबाट १ सय ९४ मत प्राप्त गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका तिलकराम शर्माले १ सय १९ मत प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्षमा १ सय ६० मत प्राप्त गरी यमबहादुर विक निर्वाचित भएका छन् भने सचिवमा १ सय ७६ मत प्राप्त गर्दै पत्रकार ओपन्द्र बस्नेत निर्वाचित भएका छन् । त्यस्तै महेन्द्र चौधरीले १ सय ६५ मत प्राप्त गरी समितिको कोषाध्यक्ष पदका लागि निर्वाचित भएका छन् । त्यस्तै १ सय ६८ मत प्राप्त गर्दै जया घर्ती सहसचिवमा पदमा निर्वाचित भएकी छन् । समितिका सदस्यहरुमा ताराबहादुर बस्नेत, देवकीमाया विष्ट, टेकमान कुवँर र हेमा डाँगी निर्वाचित भएका छन् । प्रगतिलशिल र लोकतान्त्रिक प्यानलबीच भएको प्रतिष्पर्धामा प्रगतिशिल प्यानल विजय भएको छ । निर्वाचनमा ४ सय ३५ मत खसेको थियो ।
