२०८३ कार्तिक २० गते बिहिवार

दाङ–सल्यान सडक खण्ड सुचारु

तुलसीपुर, असोज १२ । अबिरल बर्षा पछि सडक खण्ड भासिएर बिहानदेखि अवरुद्ध दाङ– सल्यान सडक खण्ड दिउँसो २ बजेपछि सुचारु भएको छ ।

राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – ३ राम्री नजिकै झन्डै १४ मिटर जति सडक खण्ड अबिरल बर्षापछि भासिएर भत्किएको थियो । बाटो भासिएपछि सडक खण्ड ठप्प बनेको थियो ।


भासिएको सडक खण्ड दिउँसो २ बजेपछि नजिकैबाट बाइपास सडक निर्माण गरेपछि यातायातका साधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


भासिएको सडक खण्ड निर्माण गर्न समय लाग्ने भएको हुँदा नजिकैबाट बैकल्पिक मार्ग निर्माण गरिएको हो ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *