लक्ष्मण बस्नेत ,दाङ,भदौ २४ । सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
काभ्रा फुटबल क्लब त्रीवेणी १ सल्यानको आयोजनामा त्रीवेणी ३ रिखे बजार खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो भदौ १२ गते देखि सुरु हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिए ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले जानकारी दिए ।
असोज १७ गते सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिम लाई नगद ५० हजार हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने छ ।
जसअनुसार बेष्ट प्लेयर हुने खेलाडी लाई नगद ३ हजार,ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै बेष्ट किप्पर र हाई स्कोरर लाई नगद दुई/ दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिए ।
असोज ५ गते सम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको छ । यसैबिच प्रतियोगिताको तयारी लाई तिव्र पारिएको आयोजकले बताएको छ ।