
दाङ, जेठ २६ । नेपाली काँग्रेसको पहिलो चरणको एक महिने राष्ट्रिय जागरण अभियान शनिवार सकिएको छ । नेपाली काग्रेसले गत बैशाख २५ गतेबाट देश भर एकै साथ जागरण अभियान थालेको थियो । शनिवार घोराहीमा आयोजित समापन कार्यक्रममा जागरण अभियानले नेता कार्यकर्तामा नयाँ उर्जा थपेको बताएका छन् । उनीहरुले पार्टी भित्र रहेका कमजोरीलाई सच्चाए अगाडि वढन जागरण अभियानले सहयोग पु¥याएको बताएका थिए ।
जागरण अभियानका क्रममा जनताहरुबाट आएका सुझाव अनुसार अगाडि वढन सकेमा पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कुनै समस्या नहुने वक्ताहरुको सुझाव छ । सहभागिहरुले पार्टीलाई पुरानै अवस्थामा पु¥याउनका लागि फुटेर नभै जुटेर अगाडि वढनु पर्ने सुझाएका छन् ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सुचना तथा सञ्चार मन्त्री मोहनवहादुर वस्नेतले काग्रेसले थालेको जागरण अभियानले पार्टीलाई उर्जाशिल वनाएको बताए । ‘जागरण अभियानले नेता तथा कार्य कर्ताहरुबाट भएका कमजोरीहरु सच्चाएर अगाडि वढने छौ’ वस्नेतले भने । अभियानले पार्टी भित्र रहेका समस्या समाधानमा समेत भुमिका खेल्ने बताए । पुर्व मन्त्री समेत रहेका वस्नेतले अहिलेको दुई तिहाइको सरकारले देशमा केही गर्न नसकेको दाबी समेत गरे ।
सरकार भष्ट्राचारीलाई संरक्षण गर्ने लागि परेको समेत आरोप लगाए । ‘देश अहिले विरामी अवस्थामा रहेको छ’ नेता वस्नेतले भने‘दुई तिहाइको सरकारले देशलाई थला पारि सकेको छ ।’ उनले देशको यस्तो अवस्था देखेर नेपाली काँग्रेस टुलुटुल हेरर बस्न नसक्ने समेत धारणा राखे । काँग्रेस कमजोर हुदा देश कमजोर भएको नेता वस्नेतले कथन थियो ।
देशलाई जोगाउन काँग्रेस सक्रिय भएर अगाडि वढने बस्नेतको भनाई छ । हरेक क्षेत्रमा कम्युनिष्ट सरकारले हस्तक्षेप गरेको उनको दाबी थियो । देशमा हरेक परिवर्तनको नेतृत्व काँग्रेसको नेतृत्वमा हुने गरेको भन्दै अहिले काँग्रेसकमजोर भएको कारण समस्या उत्पन्न भएको वताए ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले अहिलेको सरकारले दाङ जिल्लालाई उपेक्षा गरेको समेत बताएका थिए । त्यसको फल स्वरुप नै संघीय वजेटमा दाङका कुनैपनि गौरभका योजना नपरेको उनीहरुको भनाइ थियो । यस्तो मत राख्नेहरुमा काँग्रेसका पुर्व सभापतिहरु विरकेश्वरी गौतम, घनश्याम रेग्मी, पुर्व सहसभापति मोहनलाल वली, प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरी, पुर्व सांसदहरु राजु खनाल, शुसिला चौंधरी, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं २ का सभापति गिरिराज सुवेदी, क्षेत्र नं. ३ का सभापति भुपबहादुर डाँगी, क्षेत्र नं ३ का सभापति जगतवहादुर खडका, क्षेत्र नं ५ का कार्यवहाक अध्यक्ष धनश्याम ढकाल, प्रदेश सभाका उमेद्धारहरु कमलकिशोर घिमिरे, भरतवहादुर न्यौपाने, नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेवी न्यौपाने, जिल्ला समन्वय समितिका सदस्य लोका विश्वकर्मा, राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्द सुवेदी, साविक त्रिपुर सभापति दिपक पाण्डे, तरुणदलका जिल्ला अध्यक्ष टिका घर्ती, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, दलित संघका जिल्ला अध्यक्ष बावुराम विश्वकर्मा, नेपाल विद्यार्थी संघका कार्यवहाक जिल्ला अध्यक्ष टोपबहादुर वुढाथोकी लगाएतकाका थिए ।
कार्यक्रम जिल्ला सभापति कीर्तिवहादुर खडकाको अध्यक्षतामा भएको थियो । जिल्ला उप सभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।कार्यक्रम पुर्व नेपाली काँग्रेसको पार्टी कार्यालय वाट सुरु भएको ¥याली वजारका विभिन्न भागको परिक्रममा गरि घोराही उप महानगरपालिकामा पुगेर सभामा परिणत भएको थियो ।
