सम्पादकीय
स्वास्थ्य क्षेत्र आँफैमा संबेदनशिल क्षेत्र हो । संबेदनशिल क्षेत्रमा काम गर्ने ब्यक्तिहरु उत्तिकै संबेदनशिल हुन जरुरी हुन्छ । चिकित्सकको सानो लापरबाहीले बिरामीको ज्यान जोखिममा पर्छ भने आवश्यक उपकरण उपलब्ध नहुँदा चिकित्सकले भने जस्तो सेवा प्रवाह गर्न सक्दैनन् ।
सेवा प्रवाहमा समस्या उत्पन्न हुन्छ । भने जस्तो सेवा दिन नसक्ने हो बिरामी बाहिर रिफर गर्नुपर्ने हुन्छ । त्यसले बिरामी र उनका आफन्तलाई अनावश्यक ब्ययभार थपिन्छ । नजिकमा भने जस्तो सेवा सुबिधा नपाइने र चाहेको सेवा लिन बाहिर जानुपर्ने बाध्यताले बिरामीको ज्यान तलमाथि हुन सक्छ । त्यस्ता कति दुःखद र काहाली लाग्दा घटनाहरु हामीले सुन्न र भोग्नु परेको छ ।
भइ परि आउने दुर्घटनाका घाइते, कुटपिटका घाइते बाहिर लैजाँदा लैजाँदै बाटोमै अकालमै मृत्यु वरण गर्नु परेका घटनाहरु बग्रेल्ती छन् । त्यसैले अस्पतालमा मेसिन औजार वा उपकरणदेखि हरेक कुरा ठिकठाक हुनुपर्छ । ब्यबस्थापन समितिका त्यसैका लागि चाहिने हो ।
अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्टदेखि कार्यरत कर्मचारी उत्तिकै चनाखो बस्नु पर्छ । अस्पताल जस्तो ठाउँ जुगाडमा चुलाउनु हुन्न । संधै बिकल्प रेडी हुनुपर्छ । अस्पतालमा के कस्तो मानव शक्तिको खाँचा छ । उपकरणको अवश्था र आवश्यकता के पर्न सक्छ भनेर उत्तिकै सजगता अपनाउनु पर्छ । त्यो दायित्व बिभिन्न तहका सरकारको पनि हो । प्रादेशिक अस्पताल भनिएपछि सबैभन्दा धेरै जिम्मेवारी तथा दायित्व प्रदेश सरकारको ठहर्छ ।
तर, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यानिक सेवा झन्डै चार महिना यता ठप्प छ । सिटी स्क्यान मेसिन बिग्रिएर पछि सेवा ठप्प भएको हो । मेसिन बिग्रिएर थन्किएको चार महिना पुग्नै लाग्नासमेत त्यो कहिले र कसरी बन्छ भन्ने कुनै टुँगो छैन । यसरले अस्पताल प्रशासन, ब्यबस्थापन समिति र राज्य सञ्चालकको निरिहेता छताछुल्ल हुन्छ ।
सात बर्ष पहिले प्रदेश श्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्रले यो मेसिन उपलब्ध गराएको थियो । त्यो मेसिनमा समस्या आएपछि गत बैशाख १३ गतेदेदखि अस्पतालमा सिटी स्क्यान सेवा ठप्प छ । बिग्रिएको मेसिन मर्मतका लागि प्राबिधिकलाई नबोलाइएको होइन । प्राबिधिकले झन्डै एक करोड हाराहारी खर्च लाग्छ भनेपछि अस्पतालले पैंशाको जोहो गर्न सकेन । अर्कौ नयाँ मेसिन पठाउ भन्दा प्रदेश सरकारले बजेट अभावको कुरा गर्दै टार्दै आएको छ । अर्कौ यस्तै नयाँ मेसिन खरिद गर्दा झन्डै पौने करोड पर्ने अनुमान गरिएको छ ।
मेसिन बिग्रिएर थन्किएपछि अस्पतालका रेडियो लोजिष्ट बिप्लब रेग्मी बेकामे भएका छन् । अस्पतालको मेसिन बिग्रिय पछि सबै भन्दा दुःख सास्ति सेवाग्राहीले खेप्नु परेको छ । बिरामीले खेप्नु परेको छ ।
तुलसीपुरमा निजी क्षेत्रको एउटा मात्रै निजी प्रयोगशालामा सिटी स्क्यान मेसिन छ । जस्ले राप्ती प्रादेशिक अस्पताल भन्दा सेवा दिए बाफत बढी शूल्क अशुल्छ । अझ भइ परि आउने दुर्घटनाका वा कुटपिटका घटनाका बिरामीलाई तत्कालै सिटी स्क्यान गर्नुपर्ने हुन्छ ।
निजीमा पालो नपाउँदा तत्कालै घोराही, बाँके वा बुटवल रिफर गर्नुको बिकल्प चिकित्सक संग हुँदैन । बिगत चार महिना यता राप्ती प्रादेशिक अस्पतालले दुर्घटनाका घाइते, कुटपिट तथा चोटपटक लागेका घाइतेको हकमा सिटी स्क्यान गर्नुपरे त्यही गर्दै आएको छ ।
त्यस्ता बिरामी र उनीहरका आफन्त सिटी स्क्यान गर्नकै लागि एम्बुलेन्समा बाँके जान बाध्य छन् । तुलसीपुरदेखि कोहलपुर एक सय किलोमिटर टाढा छ । कतिपय दुर्घटना वा चोटपटकका घाइतेको बाटोमै मृत्यु भएका हृदयबिदारक घटनाहरु आफन्तले सुनाएका छन् । राप्ती प्रादेशिक अस्पतालमा भए तीन हजार पाँच सयमा सिटी स्क्यान गर्न पाइन्थ्यो । तुलसीपुरकै निजी प्रयोग शालाले पाँच सय बढी अशुल्छ ।
बाँके जानु पर्दा एम्बुलेन्सको थप पाँच हजार माथि ब्ययभार लाग्छ । अर्कौ तर्फ घटना कतिखेर घट्छ र त्यहाँ कति खेर पुगिन्छ भन्ने हो । उतै होटेलमा बास बस्नु परे, रिपोर्ट आउन ढिलाई भए थप ब्ययभार बिरामीका परिवारले भोग्नु पर्छ । त्यो भन्दा ठूलो अन्याय र अत्याचार अर के हुन सक्छ । तीन हजार पाँच सयममा हुने काम बाँके पुग्दा दोब्बर तेब्बर बढी खर्च पुग्छ ।
अर्कौ तर्फ बिरामीको ज्यान तलमाथि हुनसक्छ । त्यो भनेको आम सर्वसाधारण र बिषेश गरि गरिबको श्वास्थ्य माथि गरिएको ठूलो खेलवाड हो । आम सर्वसाधारणलाई जति हुन्छ नजिकमा सर्वसुलभ र स्तरिय स्वास्थ्य सेवा सुबिधा पाउने अधिकार छ । यो वा त्यो कुनैपनि बाहानामा सर्वसाधारणलाई नजिकमा त्यस्तो उपचार सेवा पाउन बाट बञ्चित गराउन पाइदैन ।
यो पनि पढ्नुहोस :-
राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा ठप्प, सेवाग्राही मर्कामा