तुलसीपुर, साउन ७ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यानिक सेवा झन्डै चार महिना यता ठप्प छ । सिटी स्क्यान गर्ने मेसिन बिग्रिएर पछि सेवा ठप्प भएको हो । तर, मेसिन बिग्रिएर थन्किएको चार महिना पुग्नै लाग्नासमेत त्यो कहिले र कसरी बन्छ भन्ने कुनै टुँगो छैन ।
मेसिनमा समस्या आएपछि गत बैशाख १३ गतेदेदखि अस्पतालमा सिटी स्क्यान सेवा ठप्प छ । अस्पतालका रेडियो लोजिष्ट बिप्लब रेग्मीले अस्पतालको सिटी स्क्यानिक मेसिन बिग्रियको हुँदा सेवा प्रवाह ठप्प भएको बताए । उनले आँफुपनि काम बिहिन भएको प्रतिक्रिया दिए ।
यो मेसिन प्रदेश श्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्रले झन्डै सात बर्ष पहिले खरिद गरि अस्पताललाई उपलब्ध गराएको थियो ।
अस्पतालका प्रशासन शाखा प्रमुख रेश्मीराज अधिकारीले बिग्रिएर थन्किएको मेसिन कहिले र कसरी बनाउने भन्ने बारेमा अन्यौंलता रहेको बताए ।
हाल नयाँ खरिद गर्नु पर्दा सिटी स्क्यानिक मेसिनको मूल्य तीन करोड ८० लाख बढी पर्ने गर्छ ।
बिग्रिएर मेसिन थन्किएपछि काठमाडौंबाट बैशाख अन्तिम तिर प्राबिधिक चेकजाँच र मर्मतका लागि बोलाइएको थियो । तर, उनीहरुले मर्मत खर्च ९५ लाख लाग्ने भनेपछि अस्पतालले त्यति पैंशा जोहो गर्न नसक्दा उनीहरु त्यसै फर्किएका थिए ।
सिटी स्क्यानिक मेसिनको ग्यान्ट्री इरर (पाइपमा हुने समस्या) आएको भन्ने कुरा प्राबिधिकहरुले औंल्याएको भएपनि त्यो मर्मत खर्चको जोहो गर्न नसक्दा सेवा ठप्प हुन पुगेको अस्पताल प्रशासनका अधिकारीले बताए ।
जस्ले गर्दा दुर्घटनाका घाइते, कुटपिट तथा चोटपटक लागेका घाइते सेवाका लागि तुलसीपुरकै एक निजी प्रयोगशाला वा बाँकेका अस्पतालहरु जान बाध्य छन् ।
अस्पतालमा सिटी स्क्यान सेवा तीन हजार पाँचसयमा हुन्थ्यो । तुलसीपुरमा निजी क्षेत्रको एउटा मात्रै सिटी स्क्यानिङ मेसिन उपलब्ध छ । उस्ले चार हजार शुल्क लिने गर्छ ।
मेसिन बिग्रेर थन्किदा छातिका बिरामी, दमका बिरामी, पेटका बिरामी बाहिर जान बाध्य भएको तीन बर्षदेखि काम गर्दै आएका रेडियोलोजिष्ट रेग्मीले बताए ।
‘सिटी स्क्यान सेवा पाउनकै लागि बिरामी यहाँबाट नेपालगञ्ज जानुपर्ने बाध्यता छ,’ रेग्मीले भने ‘ एम्बुलेन्समा नेपालगञ्ज जाँदा पाँच हजार बढी भाडा पर्छ, अझैं खान बस्नु परे धेरै ब्ययभार पर्छ ।’
कोहलपुरसम्म झन्डै एक सय किलोमिटर र नेपालगञ्ज जानुपरे झनै लामो दुरी तय गर्नुपर्ने अप्ठेरो स्थिति रहेको हुँदा अबिलम्ब राप्ती प्रोदशिक अस्पतालमा सिटी स्क्यानिक सेवा सुरु हुनु जरुरी रहेको सरोकारवालाहरुले बताउँछन् ।
यसैबीच आइतबार मात्रै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन (सिजल) ले जाँदा जाँदै आइतबार बिहान अस्पतालको ‘अटोमेटिक कल्चर सेटअप मेसिन’ को उद्घाटन गरेका थिए ।
मेसिन खरिदका लागि पूर्वबर्ती सरकारले आर्थिक बर्ष २०८० ÷ ०८१ मा बजेट बिनियोजन गरेको थियो । प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि अस्पतालले टेन्डर आह्वान गरि आधा करोड बढी मूल्यमा कल्चर मेसिन खरिद गरेको थियो ।
पुनले आँफु मन्त्री भएको झन्डै एक सय दिनको अवधिमा प्रदेशको आधारभूत स्वास्थ्य समस्याका बारेमा पहिचान गर्ने अवशर पाएको बताएका थिए ।
राप्ती प्रादेशिक अस्पाल जुन उदेश्यका साथ सुरु भएको थियो त्यो उदेश्य अनुरुप संचालन हुन नसकेको तथा बिरामीले अपेक्षा गरे अनुसार सेवा नपाएको धेरै गुणासाहरु आँफुले सुन्न पाएको मन्त्री पुनले बताएका थिए ।
राप्ती प्रादेशिक अस्पताल दुई सय बेडमा संचालन गर्ने तालिका रहेपनि आवश्यक संरचना नुहँदा पछि परेको मन्त्री पुनले बताएका थिए ।
राप्ती प्रादेशिक अस्पतालमा जनशक्तिको कमी रहेको भएपनि जनशक्तिको सही सदुपयोग र समयको ब्यबस्थापन गर्न जाने धेरै कुराहरु समाधान गर्न सकिने विश्वास उनले ब्यक्त गरेका थिए ।
मन्त्री पुनले आँफु भन्दा पहिलेको सरकारमा दाङ जिल्लाकै मुख्यमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव हुँदापनि स्टाफ नर्स लगाएत, चिकित्सक लगाएत सहयोगीले बर्षदिनसम्म तलब नपाउनु आँफैमा मजाग भएको बताएका थिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारी, अस्पताल बिकास समितिका अध्यक्ष पदम न्यौंपाने लगाएतले अस्पतालले प्रवाह गर्दै आएका सेवा सुबिधाका साथै अब दिनु पर्ने सेवा सुबिधाका बारेमा अवगत गराएका थिए ।
मन्त्री पुन स्वास्थ्य मन्त्री भएपछि राप्ती प्रादेशिक अस्पतालका प्रिड्याटिक डिपार्टमेन्ट तर्फका २५ बढी स्टाफ नर्स, चिकित्सक तथा कर्मचारीले १२ महिनाको तलब असारको अन्तिममा मात्रै तलब पाएको लेखासहायक अधिकृत लक्ष्मण बाबु केसीले सेतोपाटीलाई बताए । एक जना स्टाफ नर्सले तीन लाख बढी बर्ष दिनको तलब एकै पटक पाएको उनले बताए ।
अस्पतालमा कल्चर सेवा सुरु भए संगै अबदेखि बिरामीले रगत, दिशा, पिसाव लगाएतको चेकजाँचका लागि बाहिर निजी क्लिनिकहरु तथा ल्याबहरुमा धाउनु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका ल्याब इञ्चार्ज जयप्रकाश वलीले बताए । सेवाग्राही तथा बिरामीले अबदेखि पहिले जस्तो कल्चरका लागि अस्पताल भन्दा बाहिर जानु नपर्ने हुँदा थप झंझट तथा ब्ययभार बेहोर्नु नपर्ने उनले बताएका थिए ।
तस्बिर :- फरककोण ।
