२०८३ असार ७ गते आइतवार

अन्तर विद्यालय स्तरिय फुटसल जारी


लक्ष्मण बस्नेत,
दाङ, जेठ २४ । दाङको तुलसीपुरमा संचालित अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगितामा २०७६ मा शुक्रबार पहिलो चरणका खेल सम्पन्न भएका छन । तुलसीपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा जारी प्रतियोगितामा माबी सेन्टर,माबी अश्वारा,सम्राट बोर्डिङ स्कुल,गोरखा माबी, तुलसी माबी,ज्ञानज्योती माबि र राप्ती बिध्यामन्दिर माबी क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

विद्यालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको सेमिफाईन यात्राका लागि सनिवार बिहान ६ बजे पहिलो क्वाटर फाईनल खेलमा माबी सेन्टर र माबी अश्वारा,७ बजे सम्राट बोर्डिङ स्कुल र गोरखा माबी तुलसिपुर,तेस्रो तुलसी माबी र ज्ञानज्योति माबी तुलसीपुर भिड्नेछन् ।

प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजि तथा सामुदायिक विद्यालय गरि २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिए । दुई दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिनेछ। यसैबिच प्रतियोगिताको उद्घाटन समारोह आयोजक तुलसीपुर युथ क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला फुटबल सघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा खेलकुद सयोजक अमर नेपाली माईकलको बिशिस्ट आतिथ्यमा भएको थियो। कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *