२०८३ मङ्सिर ११ गते बिहिवार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं ,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *