
तस्विर – मानबहादुर राउतको फेसबुकवाट
दाङ, जेठ २४ । हावाहुरीका कारण तुलसीपुरमा दुई वटा घरहरु भत्किएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा जोगिराम चौधरीको घरमा बरको रुख ढलेर क्षेति ग्रस्त भएको छ । जस्तापाता युक्त चौधरीको घरमाथि नजिकै रहेको बरको रुख हावाका कारण ढलेको थियो ।
हावाहुरी चल्न थालेपछि चौधरीको परिवार संभावित क्षतिलाई मध्यनजर गर्दै राति नै छिमेकीको घरमा शरण पर्ने गएका कारण मानविय क्षति भने हुन नपाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले बताए ।
त्यस्तै गएरातिको हावाहुरीले तुलसीपुर ११ जसपुर निवासी सुरेश विकको घरपनि भत्किएको छ । घरको गारा भत्किनुको साथै छानामा लगाएको जस्ता पाता पनि सबै हावाहुरीले उडाएको छ ।
प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
