२०८३ बैशाख १४ गते सोमवार

गाउँपालिका अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड जारी


लक्ष्मण बस्नेत
हेकुली, २३ जेठ
दंगीशरण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ अन्तर्गत बिहीबार एथ्लेटिक्सतर्फका २००, ४०० मिटर दौड, ज्याभलिन थ्रो, लङजम्प छात्र÷छात्रातर्फका खेल सम्पन्न भएका छन् । जारी प्रतियोगितामा एथ्लेटिक्सतर्फको २०० मिटर दौड छात्रतर्फ मावि मधपुरका दामोदर केसीले स्वर्ण पदक जिते ।

ज्ञानोदय माविका ईश्वर चौधरीले रजत पदक जित्दा श्रीगाउँ लाइभ भिजन सिम्ठानाका सुजन भण्डारीले कास्य पदक जिते । त्यस्तै २०० मिटर छात्रातर्फ मावि मधपुरका सजना खत्रीले स्वर्ण पदक हात पारिन् । सिद्ध पृथ्वी मावि श्रीगाउँकी सरिता नेपालीले रजत पदकमा चित्त बुझाउदा विरेन्द्र मावि हेकुलीकी विपना वलीले कास्य पदक जितिन् ।

त्यस्तै ४०० मिटर छात्रतर्फ मावि मधपुरका राहुल विकले स्वर्ण पदक जित्न सफल भए । राहुलले स्वर्ण जित्दा ज्ञानोदय माविका मनिष नेपालीले रतज पदक हात पारे भने मावि श्रीगाउँका गंगाप्रसाद वलीले कास्य पदक जिते । त्यस्तै ४०० मिटर छात्रातर्फ विरेन्द्र मावि हेकुलीका सूचना चौधरीले स्वर्ण पदक जितिन् ।

भानु मावि परसडुवाका सीता कुमारी खड्काले रजत र मावि मधपुरका पिमा डाँगीले कास्य पदक जितिन् । त्यस्तै लङजम्प छात्रतर्फ ज्ञानोदय माविका अर्जुन नेपालीले स्वर्ण पदक जिते । मावि मधपुरका ज्ञानेन्द्र खत्रीले रजत जित्दा विरेन्द्र माविका सुनिल परियारले कास्य पदक जिते । त्यस्तै लङजम्प छात्रातर्फ सिद्ध पृथ्वी मावि श्रीगाउँका सुनिता डाँगीले स्वर्ण पदक जितिन् ।

मावि मधपुरका सिर्जना केसीले रजत पदक जित्दा पार्दा लुमा वलीले कास्य पदक जितिन् । त्यस्तै ज्याभलिन थ्रो छात्रातर्फ मावि हेकुलीकी शोभा भण्डारीले स्वर्ण पदक जितिन । शोभाले स्वर्ण जित्दा मावि मधपुरकी देवी न्यौपानेले रजत पदक जित्दा मावि श्रीगाँउकी पेसली वलीले कास्य पदक जितिन् । त्यस्तै छात्रतर्फ मावि हेकुलीका घनश्याम वलीले स्वर्ण पदक हात पारे ।

ज्ञानोदय माविका सागर परियारले रजत र भानु माविका डायना विएमले कास्य पदक जिते । यसैबीच प्रतियोगिताअन्तर्गत भलिबल छात्रतर्फ विरेन्द्र मावि हेकुलीले फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा श्रीगाउँ लाइभ भिजन स्कुललाई २–१ को सोझो सेटमा पराजित गर्दै विरेन्द्र मावि हेकुलीले फाइनलमा प्रवेश गरेको हो । दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित प्रतियोगिताको एथ्लेटिक्सतर्फका केही इभेन्ट्स तथा कबडी र भलिबल खेलका फाइनल खेल शुक्रबार बिहान हुनेछन् ।

हेकुली र श्रीगाउँ मावि छात्रा भलिबलको फाइनलमा

त्यस्तै छात्रा भलिबलमाको फाइनलमा विरेन्द्र मावि हेकुली र मावि श्रीगाउँ भिड्ने भएका छन् । सेमिफाइनलमा मावि मधपुरलाई २–० को सेझो सेटमा पराजित गर्दै मावि हेकुलीले फाइनलमा प्रवेश गरेको हो । त्यस्तै भानु मावि परसडुवालाई २–० को सोझो सेटमा पराजित गर्दै मावि श्रीगाउँले फाइनलमा मावि हेकुलीसँगको भेट पक्का गरेको हो ।

त्यस्तै कबडी छात्रतर्फ ज्ञानोदय मावि र मावि श्रीगाउँ तथा छात्रातर्फ मावि हेकुली र भानु मावि परसडुवाबीच फाइनल खेल हुनेछ । फाइनल खेल शुक्रबार बिहान हुनेछ । प्रतियोगितामा गाउँपालिकाभित्र स्थापित निजी तथा सामुदायिक गरी ६ विद्यालयको सहभागिता रहेको छ । यसैबीच आयोजकले शुक्रबार हुने प्रतियोगिताको समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, पत्रकारलगायत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *