तुलसीपुर, असार ५ । दाङमा बुधरबा दिउँसो घाँस काट्ने क्रममा एक महिला लडेर गम्भीर घाइते भएकी छन ।
जिल्लाको बबइ गाउँपालिका – ५ हापुरेकी ४२ बर्षीया डिला रोका घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी छन् ।
स्थानीय सप्तखोली भिरमा घाँस काट्ने क्रममा दिउँसो सवा २ बजेतिर उनी लडेर घाइते भएकी हुन ।
घाइते रोकालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
घाइतेको टाउको र अनुहारमा चोट पटक लागेको छ भने बाँया हातको कान्छी औंला चुँडिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । घाइतेको अवस्था मध्यम रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार
