२०८३ कार्तिक २५ गते मङ्गलवार

चक्कु प्रहारबाट घाइते गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु

तुलसीपुर, जेठ ३१ । चक्कु प्रहारबाट घाइते तुलसीपुरका एक युबकको उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ४ मजुवाका २४ बर्षीय गोरखलाल खड्काको उपचारका क्रममा छिमेकी देश भारतको लखनउमा बुधबार बेलुकी मृत्यु भएको हो ।


तुलसीपुृर – ४ गोटीखोलाका २१ बर्षीय पदम केसीले बुधबार राति साढे १२ बजेतिर खड्कामाथि ढाडमा चक्कु प्रहार गरि शक्त घाइते तुल्याएका थिए । मदिराले मातेका केसीले सामान्ने भनाभनकै क्रममा खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका प्रहरी अधिकारीहरुले बताएका छन् ।

केसी प्रहरी नियन्त्रणमा छन् । घटना हुँदा साथमै रहेका स्थानीय १८ बर्षीय मmक्कु वलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार पदम केसीले बुधार राति साढे १२ बजेतिर खड्कामाथि चक्कु प्रहार गरेका थिए ।


घाइते खड्कालाई प्रहरीले राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । तर, तुलसीपुरमा उपचार संभव नभएपछि राति नै बाँकेस्थित नर्सिङ कलेजका लागि रिफर गरिएको थियो ।

त्यहाँ पनि उपचार संभव नभएपछि बुधबार बिहान थप उपचारका लागि भारतको लखनउका लागि रिफर गरिएको थियो । घाइते खड्काको उपचारका क्रममा बुधबार बेलुकी पख त्यही मृत्यु भएको थियो ।

बिहीबार बिहान खड्काको शब ल्याइ पु¥याइएको थियो । अहिले स्थानीय पातुखोलामा अन्तेष्टिको कार्य चलिरहेको आफन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *