२०८३ असोज ७ गते बुधवार

कुखुराको मासु खाँदा चार जना बिरामी

दाङ,जेठ १९ । कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन्। एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेक हुन्।

सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको प्रहरीले जानकारी दिएको छ।

मासु खएर बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्प्ताल लगिएको थियो। विहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएको प्रहरीको भनाइ छ।

मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भइरहेको छ। तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वस्थ्य अवस्थामा सुधार आएको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए।

अस्पतालका चिकित्सकले ‘फुडप्वाइजन’ भएको आशंका गरेका छन्।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *