बुटवल, जेठ १२ । रुपन्देहीमा मोटरराइकल दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।
गएराति करिब एकै समयमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
गएराति तिलोत्तमा– ४ ड्राइभरटोलमा लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल दुर्घटना हुँदा तिलोत्तमा ६ का २४ बर्षीय बिवेक डुम्रेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
डुम्रेको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
त्यस्तै बुटवल उपमहानगरपालिका – २ जितगढीमा प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका – ४ का ४२ बर्षीय गोबिन्द अर्यालको मृत्यु भएको छ ।
लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
दुबै दुर्घटना राति साढे १० बजेतिर भएका थिए । तिब्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
