२०८३ असोज ५ गते सोमवार

आँखा अस्पतालका ल्याबटेक्निसियन देवराज देवकोटाको करेन्ट लागेर मृत्यु


दाङ, चैत १२ । आँखा अस्पतालका कपिलबस्तुमा एक जना ल्याबटेक्निसियनको करेन्ट लागेर मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँ घर भइ कपिलबस्तु जिल्लामा आँखा अस्पतालमा कार्यरत ल्याबटेक्निसियन ३३ बर्षीय देवराज देवकोटाको आइतबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ ।


नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा कार्यरत ल्यावटेक्निशियन देवकोटालाई रुखमा काप्रो टिप्न चढेको समयमा करेन्ट लागेको थियो ।


बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेका बखत देवकोटाको भारले रुखको हाँगा लच्किएर नजिकैको हाइटेन्सन लाइनलाई छोइपछि करेन्ट लागेको प्रत्यक्षदर्सीले बताए ।


करेन्टको झट्का पछि देवकोटा रुखबाट भूइमा लडेका थिए । अस्पतालका एक कर्मचारी किशोर भण्डारका अनुसार उतत्कालै उद्धार गरि देवकोटालाई मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
चिकित्सकले अस्पताल पु¥याउना साथ उनलाई मृत घोषणा गरेका थिए ।


शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । पोष्टमार्टमको काम सकेर शब दाङको तुलसीपुरस्थित घर ल्याउन तयारी गरिने अस्पतालका भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *