२०८३ मङ्सिर १० गते बुधवार

होली खेल्ने क्रममा दुधकोशीमा बगेर तीन बालबालिका बेपत्ता


दाङ,चैत ११ । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका १४ साउने बजारका अन्दाजी ८ वर्षिय चोलकचन्द्र मगर, ७ वर्षिय रिदम मगर र ११ वर्षिया रेखा मगर बेपत्ता भएको वडाध्यक्ष हिमराज मगरले बताए ।

बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् ।

स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *