२०८३ असोज ७ गते बुधवार

बर्दिया बाँसगढी – ४ का वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ


दाङ, चैत ९ । बर्दियाका एक वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ परेका छन् ।


जिल्लाको बाँसगढी नगरपालिका – ४ का ४६ बर्षीय वडाध्यक्ष कृष्णप्रशाद बास्तोलालाई बलात्कारको आरोपमा प्रहरीले बिहीबार बेलुका ८ बजेतिर पक्राउ गरेको हो ।


छिमेकी गाउँकी एक जना २० बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।


पीडितका महिलाका अनुसार बेलुका सात बजेतिर वडाध्यक्ष बास्तोलाले उनीमाथि जबरजस्ती बलात्कार गरेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्षमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *