जाजरकोट,चैत २ । रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु भएको छ ।
केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका जाजरकोट शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ
प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
