२०८३ बैशाख १४ गते सोमवार

समाजवादी मोर्चा तुलसीपुर नगर समिति घोषणा


तुलसीपुर, फागुन २९। समाजवादी मोर्चा, नेपाल तुलसीपुर नगर समिति गठन भएको छ ।

मोर्चाको नगरस्तरीय घोषणासभाबाट मोहन थापाको अध्यक्षतामा १२ सदस्यीय नगर समिति घोषणा गरिएको हो ।

जसको सदस्य सचिवमा अमर नेपाल ‘माइकल’ तथा सदस्यहरुमा मिनराज ओली, जीवन सी, रुद्र सी, शिव सी, जगदीश देवकोटा, रमा भण्डारी, मदन केसी, गिता देवकोटा, दोषबहादुर महतारा र सुकराम विक रहेका छन ।

जगदीश देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर ओली, बिशिष्ठ अतिथिहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, नेकपाका केन्द्रीय सदस्य सम्झना सी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेषुराम भण्डारी, नेकपाका केन्द्रीय सदस्य प्रदीप सी, केन्द्रीय सल्लाहकार सुन्दर सी, रामबहादुर दहित, प्रेम बक्स मियाँ, विकास सी, नेकपा एकीकृत समाजवादीका जिल्ला सहइञ्चार्ज अनारकली मियाँ लगायतले बोलेका थिए ।

माओवादी केन्द्रका नगर अध्यक्ष खुशीराम चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा मोर्चा सम्बद्ध नेकपा माओवादी केन्द्र, नेकपा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समावादीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *