२०८३ मङ्सिर १० गते बुधवार

महिला दिवसमा बिरामी मज्दुर परिवारलाई सहयोग


घोराही,फागुन २४ । घोराही–१४ सभाहल टोलमा बस्ने ४५ वर्षिय कृष्णबहादुर जिसी दुईवर्षदेखि घाँटीमा लागेको क्यान्सरका कारण पीडित छन ।

उनको उपचारका लागि श्रीमति उर्मिला बिक जिसीले १५ लाख बढि खर्च गरिसकेका छन ।

रकम अभावका कारण औषधि समेत खान समस्या परिरहेको यो घरपरिवार आर्थिक सहयोगको याचनामा बसेको छ । ३० वर्षसम्म घोराही तुलसीपुर चल्ने सवारी साधनमा सहयागीदेखि कन्डक्टरसम्म बनेर सेवा गरेका कृष्णबहादुरले क्यान्सरबाट थला परेपछि आफूले गर्दै आएको पेशा समेत छाडेर उपचारमा लागेका छन ।

पैसाको अभावमा उनको छोराले पढाई छाडि सकेका छन् भने १० कक्षामा पढ्ने छोरीले पनि महिनौदेखि विद्यालयमा सहयोग रकम बुझाउन पाएका छैनन् ।

बिरामी श्रीमानले दिनहुँ औषधी खानुपर्छ, तर औषधी खुवाउने पैसा उनिसँग छैन । पछिल्लो समयमा जिसी परिवारलाई साँझ बिहान खाने खर्च समेत जुटाउन हम्मेहम्मे परेको छ ।

यही कुरालाई देखेपछि घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले खाद्यान्न किन्न भन्दै बुधबार बिरामी कृष्णबहादुरको जीवनसंगीनी उर्मिलालाई दुईहजार नगद सहयोग गरे ।

११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पूर्व दिनमा प्रियासनले बिरामी कृष्णबहादुर जिसीको परिवारलाई सहयोग गरे। यसैगरी माता आकृति खड्का बसन्तीले पनि पाँच सय पचास रुपैयाँ सहयोग गरे ।

साथै कृष्णलाई सहयोग गर्नेले ज्योति विकास वैंक घोराही शाखामा रहेको उर्मिला बिक जिसीको नाममा रहेको बचत खाता नम्वर ०३२०१३००४७५०३००००००१ र मोबाइल नम्बर ९८०३८४०९१६ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *