२०८३ कार्तिक १९ गते बुधवार

दलित शसक्तीकरण समितिले पूर्णता पायाे


तुलसीपुर, फागुन १४ । तुलसीपुर उपमहानगरपालिकाले दलित शसक्तीकरण ऐन कार्यान्वयनका लागि दलित शससक्तीकरण समितिले पूर्णता पाएकाे छ ।

समितिले पूर्णता पाएसँगै  अब कार्यान्वयनमा जाने भएकाे छ । नगरप्रमुखकाे संयाेजकत्वमा पूर्णता पाएकाे समिति सदस्यहरुमा दलित क्षेत्रमा  युवा करारा, निर्मल नेपाली र  खेमराज विश्वकर्मा रहेका छन ।

निर्वाचित  दलित महिला सदस्यहरुबाट रेवती विश्वकर्मा,सरु सुनार ,अपाङ्गता क्षेत्रबाट बच्चु परियार र जेष्ठ नागरिकबाट झुपलाल नेपाली रहेका छन ।

पालिकाले ऐन कार्यान्वयनका लागि आर्थिक वर्ष २०८०/८१ का मा दश लाख बजेट विनियाेजन गरेकाे थियाे । उक्त बजेटबाट दलित क्षेत्रमा गरिने कार्यक्रमका विषयमा  प्रस्तावना तयार पार्नका लागि समिति गठन गरिएकाे छ ।

यसैबीच समिति समितिकाे पहिलाे बैठक नगर प्रमुख एवम समितिका संयाेजक टीकाराम खड्काकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

संयाेजक टीकाराम खड्काले छुवाछुत मुक्त,विभेदरहित पालिका निर्माण गर्नका लागि दलित शसक्तीकरण ऐन ल्याएकाे र कार्यान्वयनका लागि समितिलाई पूर्णता दिएकाे बताए ।

उनले दलित समुदायमा रहेका सीप कलाकाे प्राेत्साहनका साथै समुदायका व्यक्तित्वहरुलाई नेतृत्वमा ल्याइने बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *