दाङ, फागुन २ । दाङको देउखुरीमा स्कार्पियोले साइकललाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ । साइकलको पछाडि सवार किशोरी गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा प्यूठान जिल्लाको झिमरुक गाउँपालिका – १ घर घइ हाल दाङको राप्ती गाउँपालिका – ८ पिपरीमा बस्दै आएकी ३५ बर्षीया राधा बस्नेत रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
दुर्घटना पछि बस्नेतलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनिया लगिएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि लमही अस्पताल लगिएको थियो । त्यहाँ लगतै प्रहरीले उनलाई मृत घोषणा गरेका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुधबार बेलुकी राप्ती गाउँपालिका – ८ पिपरीमा पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिम तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
डिएसपी मल्लका अनुसार साइकलको पछाडि सवार राप्ती गाउँपालिका – ८ पिपरीकी १६ बर्षीया बिपना केसी गम्भीर घाइते छिन् । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
