तुलसीपुर, १ फागुन । मुलुकले संघियताको अभ्यास गरिरहेको छ । डा. गोविन्द केसीको आन्दोलनले संघियताको मानसिकतालाई अंगिकार गरेको अवस्था पनि छ । तर नेपाल संस्कृत विश्वविद्यालय दाङ जिल्लाको गरीमा बन्न नदिन .दशक अघिदेखिकै पदाधिकारीहरु पदलोलुप अवस्थामा छन् ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापनाकालागी योगी नरहरीनाथले गरेको योगदानलाइ विश्वविद्यावय पदाधिकारीहरुले कुल्चीरहेका छन् । दाताहरुले दिएको जग्गा भुमाफियाहरुले अतिक्रमण गरीरहंदा पदाधिकारीहरुले एक सव्द पनि मिडियामा बोल्न चाहन्नन् ।
विश्वविद्यालयको जग्गा आष्ट्रिच पालन देखि गौशालालाइ लिजमा दिएका छन् भने बांकि जग्गामा अतिक्रमणकारिहरुले पक्कि संरचना समेत निर्माण गरीरहेका छन् । तर नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्वामित्वको जग्गा आफ्नो पक्षमा लिनुको साटो विश्वविद्यायका नयां कार्याक्रमलाइ पनि काठमाण्डौ केन्द्रिकृत गर्ने अभ्यासमा छ । यो विश्वविद्यालयमा नियुक्त हुने पाहुना पादधिकारीहरुले वेलझुण्डिलाइ संस्कृतको अध्ययन थलो बनाउन सकेका छैनन् । पटके जागिरे पदाधिकारीहरुले काठमाण्डैबाटै कार्यै सन्चालनको अभिष्ठ सपना बोकिरहेका छन् ।
पदाधिकारीहरुको अभिष्ठ सपना साकार हुने छैन । किनकि नेपाल संस्कृत विश्वविद्यालय पठन पाठनमा मात्र नभएर अध्ययन अनुसन्धानको केन्द्र पनि हो । विश्वविलयलाइ नजिकबाट नियालीरहेका एक जना जग्गा दाता भन्छन्। यो एृटा सांस्कृतिक अध्ययन केन्द्र बनोस भनेर मात्र जगा दिएका हौं, तर नेपाल संस्कृत विश्वविद्यालयमा आउने पाहुना पदाधिकारीहरुले आफ्नो स्वामित्वको जग्गा लिन पनि कुनै अर्थपुर्ण प्रयास गरेका छैनन् । यहि अवस्थाले नेपाल संस्कृत विश्वविद्यालयका हरेक इकाइहरु राजधानी केन्द्रित हुन थालेका छन् ।
अन्गराष्ट्रिय अनुसन्धान केन्द्र कहां छ । सांस्कृतिक अध्ययन केन्द्र कहां छ? यो विश्वविद्यालयका पदाधिकारीहरुले पनि जानकारी नपाउदै अन्तै सार्ने राजनितिक दाउपेच भैरहेको छ ।
पछिल्लो समयमा नेपाल संस्कृत विश्वविद्यालय राजनितिक कार्यकर्ताहरुलाइ जागिर खुवाउने भागवण्डाको अखडा मात्रै बन्दै आएको छ । लोकसेवा आयोगले लिएको परीइक्षाको नतिजालाइ समेत मान्न तयार नभएका पदाधिकारीहरु सेवा आयोगको ध्त्तवासमा केन्द्रमा रानजिनि गरीरहेका छन् । एउटा राजनितिक पार्टिका नेतालाइ भेटेर विश्वविद्यालयलाइ चलायमान बनाउने अभ्यासमा मात्रै लोगेको छ नेपाल संस्कृत विश्वविद्यालय ।
कुनैवेला पैसा मागेर जागिर सुनिश्चित हुने परम्परा पनि थियो । त्यस्ता पदाधिकारीहरुले नियुक्त गरेका जागिरेहरुबाट मासिक पारीश्रमिकबाट कटि हुने गरी पनि अलिखित संझौता समेत हुने गरेको थियो । तर पछिल्लो समयमा लोकसेवा आयोगले लिएको परीक्षाको नजिता समेत मान्न पदाधिकारी र सेवा आयोग तयार देखिएको छैन । यो अवस्थाले नेपाल संस्कृत विश्वविद्यालयको गरीमा भनेको पदाधिकारी पाउने र जागिर खुवाउनेमा मात्रै केन्द्रित भएको छ ।
पपछिल्लो पटक चर्चामा रहेको नेपाल संस्कृत विश्वविद्यालयको वास्तुशास्त्रको अध्ययन हो । त्यो पनि उतै राजधानीको वालमिकि क्याम्पसमा सार्ने अभ्यास सुरु भएको छ । यद्धपि त्यसलवे अन्तिम स्वीकृति भने पाएको छैन । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डिको विश्वविद्यालय सभाले नेपाल संस्कृत विश्वविद्यालय माताहतमा बास्तु इन्जिनियरीङ सन्चालनको निर्णय गरेको दुइ बर्ष भन्दा बढि भएको छ ।
तर नेपाल संस्कृत विश्वविद्यालयको परीषरमा बास्तु इन्जिनियरीङको संभावना छैन भन्दै एउटा पक्षले राजधानीको वालमिकि क्याम्पसमा सो कक्ष सन्चालनको प्रस्ताव ल्याएका छन् । किनकि उनीहरुले बेलझुण्डिमा बास्तु शास्त्र पढाउन कुनै प्राध्यापक आउने अवस्था छैन भनेर । यदि त्चस्तो. हो भने किन नेपाल संस्कृत विश्वविद्यालयमा त्यहि विषयकालागी डिन नियुक्त गरीए । यसको जवाफ उपकुलपति र नेपाल सरकारसंग पनि छैन । खालि जागिरे बनाउनकै लागी बास्तुशास्त्रका डिन नियुक्त भए ।
यथार्थमा बास्तु शास्त्रमा आधारीत इन्जिनियरीङ कक्षा सन्चालनमा फेरी एक पछि अर्को बखेडा झिकिंदै छ । जसका कारण कक्षा सन्चालनको तयारीमा रहेको बास्तु आर्किटेक इन्जिनियरीङको पढाइ सुचारु हुन सकेको छैन । बास्तुशास्त्रमा आधारीत इन्जिनियरीङ कक्षा सन्चालनकालागी नेपाल संस्कृत विश्वविद्यालय कार्यकारी परीषदले विसं २०७८ शाल पुस महिनामा इन्जिनियर विरेन्द्र खड्कालाइ डिन नियुक्ती गर्यो । डिन नियुक्त भएको दुइ बर्ष नाघिसक्यो । तर पठनपाठनको कामले मुर्त रुप लिन सकेको छैन ।
डिनको कार्यालयले यसबीचमा बास्तु आर्किटेक इन्जिनियरीङको पाठ्यक्रम निर्माण गरी त्यसलाइ प्राज्ञिक परीषदले अनुमोदन समेत गरीसकेको छ । डिन कार्यालयका सहायक प्रशाशक ढुण्डि ज्ञवालीका अनुसार बास्तु इन्जिनियरीङ कलेज निर्माणकालागी पुर्वाधार निर्माण कार्ययोजना लगायत तात्कालिन योजना समेत अघि सारेको छ ।
डिनको कार्यालयले तत्कालकालागी एउटा कक्षा काठमाण्डौको बालमिकि क्याम्पसमा सन्चालन गर्ने तयारी गरेपछि कतिपयले यसलाइ डिनको कार्यालय र बास्तु शास्त्रको पढाइनै काठमाण्डौ लैजान खोजेको भन्दै असहमती जनाउन थालेपछि कक्षा सन्चालनको अन्तिम स्वीकृति पनि रोकिएको बताइएको छ । विश्वविद्यालय समाचार श्रोतका अनुसार विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामीछाने अमेरीका भ्रमणमा रहेको वेला तात्कालिन रेक्टर तथा निमित्त उपकुलपति भिम खतिवडाले तत्कालकालागी काठमाण्डौमा रहेको वालमिकि क्याम्पसमा बास्तु आर्किटेक इन्जिनियरीङको कक्षा सन्चालन गर्ने निर्णय गरेका थिए । तर भिसि अमेरीकाबाट फर्केपछि त्यसलाइ रोकेको पनि समाचार श्रोतले बतायो ।
तर डिनको कार्यालयले भने सरकारले अनुदान पनि नदिने तथा विश्वविद्यालयले दरवन्दी पनि नदिने भएकाले वेलझुण्डिमा पढाउनकालागी अस्थाइ रुपमा बास्तुशास्त्रका प्राचार्य पाउन नसकिने भएकाले एउटा कक्षा तत्काल काठमाण्डौको वालमिकि क्याम्पसमा सुरु गरीहाल्ने तयारी गरेको जनाएको छ । त्यसपछि क्याम्पसले आयआर्जन गर्न थालेपछि नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुर स्थीत धानखन्ने डाडाको १८ विगाहा जग्गामा भौतिक पुर्वाधारहरु निर्माण गर्ने तयारी पनि डिनको कार्यालयले गरेको बताइएको छ । तर यसमा विश्वविद्यालय पदाधिकारीहरुको एक मत हुन सकेको छैन ।
नेपाल संस्कृत विश्वविद्यालयको यो चलिआएको परम्परा हो । कहिले बैदिक कृषिलाइ कार्यान्वयनको अवधारणा ल्याउछ त कहिले बास्तु शास्त्रको अन्योलमा आम जिल्लाबासीलाइ पारीरहेको छ । खासमा यहां बैदिक कृषिको पनि अभयास हुन सकेको छैन भने बास्तुशास्त्रको पनि अन्तिम निर्णय भैसकेको छैन । सायद नेपाल संस्कृत विश्वविद्यालयका हरेक कार्यक्रमहरु असफलता तर्फ उन्मुख भैरहेका छन् । केहि समयपछि नेपाल संस्कृत विश्वविद्यालयले सन्चालनमा ल्याएको आयुवेद स्नातक तहको विएएमएस कार्यक्रमलाइ पनि नेपाल चिकित्चा बोर्डले अनुमति दिने छैन । किनकि नेपाल संस्कृत विश्वविद्यालयले सन्चालन गरेको केन्द्रिय आयुर्जेद विद्धपिठमा अध्ययन गर्ने विद्यार्थिहरुलाइ पनि शिक्षण कलेजका नाममा झुक्याइएको छ । विएएमएस अध्ययन गर्ने विद्यार्थिहरुले आठौं व्याच पढ्दा पनि शिक्षण अस्पताल पाउन सकेका छैनन् । अभिभावकहरुले भनिरहेका छन् धिक्कार छ शिक्षण अस्पतालको वोर्ड ।
सेफल्यान्डिङ अभिव्यक्ति
‘हामीले डिनको कार्यालय र बास्तु शास्त्र इन्जिनियरीङ कार्यक्रमलाइनै काठमाण्डौ लैजान खोजेको होइनौं, यसमा बुझाइ मात्र गलत भएको हो’, नेपाल संस्कृत विश्वविद्यालय बास्तुशास्त्र इन्जिनियरीङ अध्ययन संस्थानका डिन इन्जिनियर विरेन्द्र खड्काले भने । उनले डिनको कार्यालय दाङमै रहने तथा बास्तु इन्जिनियरीङ ग्राम पनि विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुरको धानखन्या डाडामै निर्माण गर्ने कार्ययोजना तयार भएको पनि बताए ।
बास्तु शास्त्र इन्जिनियरीङ संस्थानलाइ नेपाल सरकार र नेपाल संस्कृत विश्वविद्यालयले स्वायत्त संस्था भनेको छ । आफ्नै कमाइले शैक्षिक कार्यक्रम सन्चालन गर्ने भनेकाले यसमा दरवन्दी पनि दिइएको छैन । पढाउनकालागी प्रशिक्षकहरु करारमा नियुक्ती गर्नुपर्ने हुन्छ । बेलझुण्डिमा करारमा प्रशिक्षक र प्राचार्य पाउने अवस्था नभएकाले पुल्चोक इन्जिनियरीङ कलेजका शिक्षकलाइनै करारमा राख्ने सकिने भएकाले बालमिकिमा कक्षा सन्चालनको तयारी भएको पनि डिनको कार्यालयको दावी छ ।
‘न विश्वविद्यालयले दरवन्दी दिने, नत सरकारलेनै अनुदान दिने भएकाले पढाउने प्रशिक्षकहरुको सहजताकालागी एउटा कार्यक्रम काठमाण्डौमा सन्चालन गर्ने तयारी मात्र भएको हो’, डिन खड्काले भने, तर अन्तिम निर्णय दिने निकायले भने निर्णय गर्न सकेको छैन । यदि खड्काले भनेकै अभिव्यक्ति ठिक हो भने बेलझुण्डिका नाममा बास्तु शास्त्रको पढाइ बालमिकिमै भए किन नेसविको ट्याग लिनुृ पर्यो? आम जग्गा दाताहरुले यहि सोधिरहेका छन् ।
तर यसको जवाफ विश्वविद्यालय पदाधिकारीसंग छैन । अनि यहांका नेताहरुसंग पनि छैन । किनकि केन्द्य्रिय तहमा जागिर खुवाउनैकालागी पदाधिकारीहरुको राजनितिक बाडफाडमा नियुक्ती हुन्छ । पाहुनहरुले सेवा सुविधा लिने वाहेक कुनै सिन्को भाच्न सकेका छैनन् ।
