तुलसीपुर, पुस १८ । घोराहीका एक जना ब्यक्तिको हत्या काण्डमा संलग्न रहेका भनिएका आरोपित चार जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका – ६ का ४५ बर्षीय शिवराज केसीको हत्यामा संलग्न रहेका भनिएका आरोपित बंगलाचुली गाउँपालिका – ४ गदारीका ४३ बर्षीय शेरबहादुर कवर मगर , उनकी ३५ बर्षीया श्रीमती दीपा कवर मगर , दीपाका भाइ २९ बर्षीय तिलक पुन मगर र बंगलाचुली – १ का ४५ बर्षीय आफन्त नाता पर्ने मेघराज कवर मगरलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पुस ८ गते घोराहीबाट दीपा र शिवारज संगै एउटै बस चढेर बंगलाचुली गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सानो तिनो ठेक्का पट्टाको काम गर्ने (पेटी ठेकेदार) शिवराजको काममा ज्याला मजदुरी गर्न आउँदा बिगत एक बर्ष पहिलेदेखि दीपा र उनको बीचमा सम्बन्ध स्थापित भएको थियो ।
उनको हत्याको प्रमुख कारण त्यही सम्बन्धलाई मानिएको छ ।
पुस ८ गते संगै गएका शिवराजको सोही दिन नै कोईलाखानीको सुरुङ भित्र गोली हानेर हत्या भएको कुरा खुलेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । त्यसको दोस्रो दिन अर्थात पुस ९ गते दीपा मात्रै आँफुले काम गर्दै आएको ठाउँमा फर्किएकी थिइन ।
दीपाको आग्रहका कारण शिवराजले एक जना बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई भनसुन गरि बिद्यालयको कार्यालय सहयोगीको रुपमा काम गर्ने गरि घोराहीको एक बिद्यालयमा मिलाइ दिएका थिए । त्यसैले दीपा बालबच्चासहित घोराही क्षेत्रकै एक गाउँमा बस्दै आएकी थिइन ।
पुस ९ गते फर्किएकी दीपालाई शिवराजका आफन्तले सोधपुछ गरेका थिए । तर उनले संगै गएका शिवराज बारे आँफुलाई कुनै थाहाँ नभएको बताइन । पुस १० गते शिवराजका दाजु डम्मर केसीले भाइको खोजीका लागि भन्दै प्रहरीमा निबेदन दिन्छन् ।
पुस १३ गते दीपा छोरा छोरीसहित छिमेकी देश भारत जान हिडेपछि फेरि दाजु डम्मरले दीपाले नै भाइलाई हत्या गरि कतै लुकाइ छिपाइ राखेको हुन सक्ने आशंकासहित प्रहरीमा दोस्रो निबेदन दिन्छन् ।
त्यो किटानी जाहेरी पछि प्रहरीले शिवराजको मोवाइलन फोनको अन्तिम लोकेसन पत्ता लगाउँछ ।
खोजी गर्दै जाँदा बंगलाचुली गाउँपालिका– ४ स्थित भुमेबरा सामुदायिक वनको बीचमा पर्ने रुकधने कोइलाखानीको सुरुङ भित्र ६० मिटर गहिराइमा शवराजको शब फेला पर्छ । रातको साढे ९ बजे प्रहरीले सुरुङ भित्र शिवराजको शब फेला पारेको एसपी केसीले बताए । उनको छातिमा गोली हानेको घाउ स्पष्ट देखिन्थ्यो । मृतकको शरिर कालो कोइलाको धुलोले पुरै छोपिएको थियो ।
त्यसपछि पुस १४ गते शिवराजका साला शिवराज वलीले दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलकका बिरुद्ध किटानी जाहेरी दिएका हुन्छन् । साला शिवराज वलीको किटानी जाहेरिका आधारमा दीपा र उनका श्रीमान शेरबहादुरको खोजीमा प्रहरी परिचालन हुन्छ ।
उनीहरु छिमेकी देश भारतको दिल्ली पुगी सकेका हुन्छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिइ प्रहरीले जिल्ला ल्याउँछ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मल्लका अनुसार हत्या पछि दीपाले श्रीमान शेरबहादुरलाई २९ बर्षीय भाइ तिलक पुन मगरको घरमा पु¥याउँछिन । तिलककै घरमा थप योजना बन्छ ।
घटना लुकाउन भूमिका खेलेको तथा अपराध कर्मलाई सघाएको आरोप तिलकमाथि लागेको छ । योजना अनुसार दीपा पुस ९ गते आँफुले काम गर्ने ठाउँ घोराहीमा फर्किएर १३ गते बच्चा बच्चीसहित श्रीमानसंगै भारततर्फ लागेकी हुन्छिन ।
उनीहरु तीन जना पक्राउ परेपछि गोली हान्न प्रयोग भएको बन्दुक कस्को थियो भन्ने तथ्य प्रहरीले पत्ता लगाउँछ ।
उनीहरुकै बयानका आधारमा पुस १५ गते प्रहरीले बंगलाचुली – १ का ४५ बर्षीय मेघराज कवर मगरपनि पक्राउ गर्छ । शिवराज केसीको हत्यामा प्रयोग भएको बन्दुक मेघराजकै थियो । त्यो बन्दुक शेरबहादुरले शिवराजको हत्या पछि फेरि मेघराजकै घरमा लगेर छोडेको प्रहरी बताउँछ ।
मेघराज पनि शेरबहादुरका नातेदार हुन । अबैध हात हतियार राख्नु र बन्दुक अरुलाई दिनु तथा बन्दुक फिर्ता ल्याउँदापनि केही सोधपुछ नहुनु जस्ता कारणले शिवराज हत्या घटना पूर्व सबैको मिलेमतो थियो कि भन्ने आशंका प्रहरीको छ ।
शिवराजलाई पुस ८ गते दीपाले आँफुले जग्गाको काम गर्न थालेको हुँदा जमानी बसिदिन भन्दै बंगलाचुली लगेकी थिइन । त्यो सबै काम दीपाले श्रीमान शेरबहादुरको योजना अनुरुप नै गरेको प्रहरी बताउँछ । शेरबहादुरले श्रीमति दीपा र शिवराज बीचको सम्बन्ध थाहाँ पाएपछि उनको हत्याको योजना बनाएका थिए ।
दीपाले शिवराजलाई बंगलाचुलीको कोइलाखानी सुरुङ क्षेत्रमा पु¥याउनु भन्दा भन्दा पहिलै शेरबहादुर जंगलमा बन्दुकसहित लुकिछिपी बसेका थिए । शिवराजलाई दीपाले बंगलाचुली पु¥याएपछि शेरबहादुरले उनीहरु बीचको अनैतिक प्रेम सम्बन्धको कुरा सुरु गर्दै क्षतिपुर्ती बाफत केही जग्गा पास गरिदिनु पर्ने सर्त राखेका थिए । त्यसपूर्व नै शिवराजको हात डोरी र दीपाको सलले पछाडि पारेर बाँधिसकेका थिए ।
शिवराजले जग्गा पास गरिदिन नमानेपछि उनलाई सुृरुङ भित्र पु¥याइ शेरबहादुरले छातिमा गोली हानेको कुरा अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरु बताउँछन् । शेरबहादुरले शिवराजलाई आफ्नो दुई तीन कठ्ठा जग्गा पास गरिदिन सर्त राखेका थिए ।
रोजगारीको खोजीमा छिमेकी देश भारत आउजाउ गरि रहने शेरबहादुर पुस ४ गते नै गाउँमा आइ बसेका थिए ।
