काठमाडौँ,मंसिर २९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १२ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ।
महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू सहभागी हुनेछन्।
प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
