घोराही,मंसिर १२ । घोराही उपमहानगरपालिकामा अन्तर विद्यालय स्तरीय बास्केट बल प्रतियोगिता शुरु भएको छ ।
नगर स्तरीय खेलकुद विकास समितिको आयोजना र जिल्ला बास्केट बल संघको प्राविधिक सहयोगमा वडा नम्बर १८ को सालघारीमा मंगलबार देखि अन्तर विद्यालय स्तरीय बास्केट बल प्रतियोगिता शुरुभएको हो ।
प्रतियोगिताको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन ।
समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले खेलकुदको माध्यमबाट युवाहरुलाई स्वस्थ र अनुशासित बनाउदै व्यवसायी बनाउने योजना रहेको बताए ।
व्यक्ति मानसिक तथा शारिरीक र समाजिक रुपमा स्वस्थ रहन खेलकुद अपरिहार्य भएको उनको भनाई छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
