तुलसीपुर,असोज १२ । विश्व मुटु दिवसको अवसरमा तुलसीपुर–१२ कपडादेवीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा लागु औषध दुव्र्यशनी बिरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
लायन्स क्लव अफ दाङका अध्यक्ष लायन भागवत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लव अफ डिष्ट्रकका फस्ट भ्वाइस गर्भनर पिएमजेएफ लायन बिनोद कुमार श्रेष्ठले पछिल्लो समय सबैभन्दा बढी युवा पुस्तामा लागु औषधको गम्भिर असर पर्ने गरेको भन्दै यसबाट सबै सचेत हुनुपर्ने बताए ।
उनले लागु औषध समाजको प्रमुख समस्या बन्दै गएका कारण यसको न्युनीकरणको लागी सबै जिम्मेवार निकाय आ–आफ्नो क्षेत्रबाट एक भएर लाग्नु पर्नेमा जोड दिए ।
श्रेष्ठले भने,–‘चुरोट,रक्सी,गाँजा खानेहरु मात्र मुटु रोगी हुदैनन्,यो रोग जो कोही व्यक्तीलाई पनि लाग्न सक्छ,र भर्खरै जन्मदै गरेको बच्चामा पनि यस्ता खालका रोगहरु देखा पर्न सक्छन ।’
कार्यक्रममा लायन्स क्लव अफ दाङका जोन चेयर पर्सन गणेश अधिकारी,महेन्द्र मावीका भ्याइस प्रिन्सीपल पुर्ण भण्डारी लगाएतले समाज सचेत बनाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
उनीहरुले युवा बर्गमा लागुऔषधको भयावह अवस्था देखिएकोले यसप्रति विद्यार्थीहरु सचेत हुन आवश्यक रहेको बताए ।
लागु औषध बिरुद्धको सचेतना कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लव दाङका अध्यक्ष भागवत घिमिरेले विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा जानकारी गराएका थिए ।
लायन्स क्लव अफ दाङका सहसचिव गोपाल बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष यमकला भुसालले गरेकी थिइन ।
